जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शुक्रबार मात्र थप पाँच जनाको मृत्यु,संक्रमितको संख्या २२ हजार नागोको छ।

पोखरा  ।

नेपाल मा कोरोना भाइरस बाट शुक्रबार मात्र थप पाँच जनाको मृत्यु भएको छ

पाटन अस्पतालमा २, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा अस्पतालमा १/१ जनाको मृत्यु भएको हो ।

पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

सर्लाहीका पुरुषलाई कुकुरले टोकेको थियो र, साउन १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।यस्तै रुपन्देही, सुनौलीकी महिला पनि साउन १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा शुक्रबार दिउँसो ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख ले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएका छन् ।