जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शुक्रबार थपिए २१११ संक्रमित, ३५३७ भए निको

शुक्रबार थप दुई हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ। त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ६८ हजार १ सय २९ जना निको भएका छन्।