जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शुक्रबार थपिए एक हजार ४४ कोरोना संक्रमित, ११को मृत्यु 

जन्मभुमि खबर। पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार २ सय ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७४ पुगेको छ।