जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शीतल बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न

जन्मभुमि खबर : पोखरा छाेरेपाटन मा कार्यालय रहेको बचत तथा ऋण सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा मनाईएको छ । साधारणसभाको उद्घाटन पोखरा महानगरपालिका वडा न १७ का वडाध्यक्ष तिर्थराज अधिकार ले गर्नुभएको थियो ।

प्रमुख अतिथि शीतल बचत तथा ऋण सहकारी संस्था लि. ले कोबिड १९ सङ्क्रमण को‌ बेला सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको पोखरा वडा कार्यालय १७ मार्फत कोविड १९ प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग, शेयर सदस्यहरु राहत लगायत बिभिन्न महत्वपूर्ण कार्य गरेको बताउनुभयो।
बिशेष अतिथि सस्थाका सल्लाहाकार नेपाल रेडक्रस पोखरा १७ उपशाखाका सभापति झपिन्द्र राज रेग्मी संस्थाले समाजमा राम्रो भुमिका खेल्दै आएको र कृषि तथा उत्पादनमुलक क्षेत्रमा अझै
जोड दिनुपर्ने बताउनुभयो।
तेस्तै छिमेकी सस्था का तर्फबाट डेभिजफल बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष राजन अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वागत मन्तव्य सस्था का उपाध्यक्ष युवराज लामिछाने ले राख्नुभएको थियो । संस्था अध्यक्ष ईश्वरी प्रसाद लम्साल ले सम्पूर्ण सल्लाहकार शेयर सदस्यहरु लगायत शुभचिन्तक हरु को साथ र सहयोग बाट संस्था धेरै आगाडी बढेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि सबैको साथ र सहयोग निरन्तरता अपेक्षा राख्नेमा आफू ढुक्क भएको बताउनुभयो ।
कार्यक्रम सञ्चालन सस्था का सह सचिव हरि प्रसाद लम्साल ले गर्नुभएको थियो भने समापन कार्यक्रम संस्थाका अध्यक्ष ईश्वरी प्रसाद लम्सालको अध्यक्षतामा सप्पन्न भएको थियो । साधारण सभा १०-१६ सम्म भएको जानकारी सस्था प्रबन्धक ध्रुव पोख्रेल जानकारी दिनुभयो।