जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शितल सहकारीको ११ औं वार्षिकोत्सव तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न।

पोखरा ,२३ फागुन ।

‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ ‘सामाजिक र आर्थिक उन्नतीका लागि तपाईको भरपर्दाे साथी’ भने नारा सहित स्थापन भएको शितल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १०औं बर्ष सफलताका साथ सम्पन्न गरि ११ औं बर्षमा प्रबेशगरेको समय पारि संस्थाले फागुन २२ गते सरसफाई गरेको थियो भने आज संस्थाले खुल्ला रक्तदान कार्यक्रम संचालन गरेको हो ।


कार्यक्रम्म बोल्दै प्रमुख अथिति वडा नम्बर १७ का अध्यक्ष तिर्थराज अधिकारीले यस संस्थाले वित्तिय क्षेत्रमा मात्र नभई समाजिक क्षेत्रमा , मानविय सेवामा धेरै अग्रसर भएर अगाडि बेढेको बताउनु भयो ।यस्तै डेभिजफल सहकारी का अध्यक्ष राजन अधिकारी ,बेलघारी टोल विकास संस्थाका अध्यक्ष बेदनाथ सुवेदी , छोरेपाटन टोल सुधार समितिका अध्यक्ष चुडामणि बराल,शुक्रराज मा वि का अध्यक्ष नरहरी बराल, गुप्तेश्वर क्यापसका अध्यक्ष प्रा.डा.टंकराज अधिकारी , रेडक्रस उपशाखा छोरेपाटनमा सभापति झपिन्द्र राज रेग्मी लगाएतले आफना भनाई राखेका थिए।


कार्यक्रममा शुक्रराज मा.विलाई शीतल छात्रवृति अक्षयकोष बापत रु ५०००० सहयोग गरेको छ । यस्तै संस्थाले कार्यक्रम्मा सहयोग गरेबापत गुप्तेश्वर सृजनशिल मञ्चलाई सम्मान गरेको हो । कार्यक्रम्मा ३८ युनिट रगत संकलन भएको थियो । कार्यक्रमलाई प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी कास्की क्षेत्रिय रक्त संचार रामघाटले गरेको थियो । संस्थाका अध्ययक्ष  ईश्वरी प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रम्मालाई स्वागत संस्थाका उपाध्यक्ष युवक राज लामिछाने र संचालन सचिव नारायण प्रसाद शर्मा अधिकारीले गरेका थिए।