जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शनिबार थप पाँच सयमा कोरोना संक्रमण, तीनको मृत्यु

जन्मभुमि खबर ,पछिल्लो २४ घण्टामा देशभर थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १९ पुगेको छ।