शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

व्यवसायिक फूल खेतीमा युवाहरु । तिहारलाई लक्षित गरी सयपत्री फूल फुलाउने तयारी।

भरतपुर, २१ असार ।

आफ्नै माटोमा व्यवसायिक फूल खेती गरी स्वदेशमा नै रमाउने युवाहरुको समूह माली दाईले विगत केही वर्ष यता नियमित रूपमा चितवनमा सयपत्री फूल खेती गरिरहेका छन् ।

उनीहरुको समूहमा कृषिका विद्यार्थीहरू मात्रै नभएर ईन्जिनियर र व्यवस्थापनका विद्यार्थी समेत छन् ।

हरेक वर्ष जस्तै यो वर्ष पनि दशैं तिहारलाई लक्षित गरी उनीहरू फूल खेती गर्ने तयारीमा रहेका छन् ।

फुल खेती मात्रै नभएर उनीहरूले फूलका बिरुवा, मल, गुणस्तरीय माटो, कौसी खेती र बगैंचाका लागि आवश्यक पर्ने सामग्री तथा औजारहरू र अन्य फलफुलका बिरुवाहरू समेत बिक्री वितरण गरिरहेका छन् ।

बगैंचाको डिजाइन गर्ने, निर्माण गर्ने, मालीको व्यवस्थापन गर्ने र बगैंचा सँग सम्बन्धित तालिम र रिसर्च गर्ने काम उनीहरूले गरिरहेका छन् । साथै कृषकहरुको लागि उचित बजारको व्यवस्थापन गर्ने र समन्वयन गरिदिने काम पनि उनीहरू गरिरहेका छन् ।

युवाहरुको यस किसिमको प्रयास आफैमा उदाहरणीय छ । भर्खरै कागती खेतीलाई पनि ट्रायलको रूपमा सुरु गरेका माली दाईको टिमले विदेश बाट फर्किएका दाजु भाई दिदी बहिनीहरुको निम्ति कृषिमा आवश्यक तालिमको व्यवस्था गरी फलफूल खेतीमा लाग्न सहयोग समेत गर्ने जानकारी दिनुभयो । माली दाईका सह संस्थापक ईन्जिनियर सागर कार्कीले कृषिमा मेहेनत गर्न सके स्वदेशी माटोमा नै सुन फलाउन सकिने बताउनु भयो । उहाँले विदेशबाट फर्किनेहरुलाई अहिले सरकारले समेत प्रोत्साहान हुने कृषि कार्यक्रम तथा योजना ल्याएको हुनाले र कम लगानीमा समेत राम्रो आम्दानी गर्न सकिने केही व्यवसायिक खेतीमा अहिले राम्रो अवसर भएकाले कोही बेरोजगार बस्न नपर्ने बताउनु भयो ।

यदि यहाँहरुलाई पनि फलफूलका बीउ बेर्नाहरू आवश्यक परेको खण्डमा माली दाईलाई सम्झन सक्नुहुन्छ । साथै कृषिसँग सम्बन्धित कुनै पनि समस्याको लागि उहाँहरू मार्फत आवश्यक प्राविधिक सहयोग पनि लिन सक्नुहुने भनी फोन नम्बर पनि उल्लेख गरिएको छ ! सुजाता देवकोटा ९८४५६८९७७६, अजय डिसि ९८६१०९५५५१, सागर कार्की ९८६५०७७२९७