जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वे ग्रुप नेपालको ब्यवस्थापन तथा संयोजनमा भरतपुरमा हजारौं बिरुवा बितरण ।

चितवन,२२असार।

हरियाली चितवन अभियान अन्तर्गत भरतपुरका विभिन्न स्थानमा हजारौं विरूवा वितरण गरिएको छ ।

चितवन प्रदेश २।२ सभासद बिजय सुबेदिको संयोजन र वे ग्रुप नेपालको ब्यवस्थापनमा जारी अभियानमा आँप, रुख कटहर, लीची, कागती, अम्बा, अनार लगाएत फलफुल एबम् अमला, हर्रो, सितलचिनी, एभोकाडो, जामुन लगाएतका औसधिजन्य बिरुवाहरू वितरण भैरहेको कार्यक्रम ब्यवस्थापन संयोजक विजय सापकोटाले जनाएका छन ।

पहिलो चरण अन्तर्गत भरतपुर महानगरका वडाहरु २,४,५, ७,१०, ११,१२ का गरी २ सय टोलहरू र विभिन्न सामुदायिक वनहरूमा गरि १२ हजार भंदा बढ़ी बिरुवाहरु वितरण गरिएको छ । र दोश्रो चरण अन्तर्गत यही असार २५ गतेदेखि थप बिरुवाहरु सहित बाँकि टोलहरुमा पनि हजारौं विरूवा वितरण गर्न लागिएको जानकारी दिदै सापकोटाले बिभिन्न स्थानबाट झंडै ७० हजार बिरुवाको माग आएकोले क्रमशः पुरागर्दै जाने बताए ।

जारी अभियानमा कृषि ज्ञान केन्द्र , जिल्ला वन कार्यालय र चुरेभावर संरक्षण केन्द्र चितवनले बिरुवाहरू उपलब्ध गराईरहेको वे ग्रुप नेपालका सदस्य विजय घिमीरेले जनाएका छन् ।