शनिबार, साउन २४, २०७७
काेराेना भाइरस - COVID - 19

७१६७३५

१९१९३६६१

११६११०२९
मृत्यु
७०
संक्रमित
२२२१४
निको भएका
१५८१४





Last Update : २४ श्रावण २०७७, शनिबार

विप्लवद्वारा फागुन ८ गते नेपाल बन्दको अव्हान।

काठमाडौ ८फागुन– नेपाल कम्युनिष्ट पार्टीले फागुन  ८गते नेपाल बन्दको आव्हान गरेको छ ।

पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेतालाई नियन्‍त्रणमा लिएको थियो । नेता, कार्यकर्ता रिहा नगरिए ८ गते नेपाल बन्द हुने विप्लवको चेतावनी छ ।

विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जनघाती काम गरेको भन्दै कडा शब्दमा विरोध गरेका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेपले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको विज्ञप्तिमार्फत बताएका छन् ।साथै सबै जनतालाई एक हुन भनिएको छ।