जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन  अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।

शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए । पूर्वको इलाम बजार स्थायी घर भएका शाक्यले बिई गरेका छन् । उनले प्रणाली
सञ्चालनमा स्नातकोत्तर पनि गरेका छन् ।