जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वार्षिकोत्सवको अवसरमा वेद विद्याश्रमा पोशाक तथा खाद्यसामग्री बितरण।

पोखरा–२८, माघ
श्री सफलकृपा बचत तथा ऋण सहकारी संस्था लि. पोखरा २५ हेमजा लामाचौतारा, कास्कीले ७ औं वार्षिकोत्सवको अवसरमा पोखरा – १८ स्थित पोखरा चिसाखोला वेद विद्याश्रमका आवासीय विद्यार्थीहरुको लागि पोशाक तथा खाद्यसामग्री एक समारोहका बीच विद्याश्रमका मानार्थ प्रमुख संरक्षक एवं प्रमुख अतिथि मोक्षनाथ तिमिल्सिनालाई हस्तान्तरण ग¥यो ।


कार्यक्रममा बोल्दै लेखा समितिका संयोजक गणेश बहादुर थापाले सहकारी संस्थाको गतिविधि माथि प्रकाश पार्दै ७ औं बार्षिक उत्सवमा सामाजिक उत्तरदायीत्व अन्तर्गत वेदको रक्षा गरी पठन पाठन गराउने वेद विद्याश्रमलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि एवं वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वैदिक सनातन संस्कारको विषयमा प्रकाश पार्दै प्राचीन कालदेखि चल्दै आएको वैदिक संस्कार, संस्कृति विज्ञान सम्वत रहेको प्रकाश पार्दै दाता संस्था एवं संस्था परिवारलाई धन्यवाद दिए ।


सहकारीका अध्यक्ष धनबहादुर थापाले वेदको रक्षाका निम्ति सवै जुट्न आवश्यक भएको बताए । सत्पात्रमा दान गर्न पाएकोमा हर्ष व्यक्त गर्दै उनले आफ्ना बुवाको चौरासी पूजाको अवसरमा छुट्टै नगद दान समेत गरे ।
वेद विद्याश्रमको तर्फबाट वटुकहरुले वैदिक स्वस्तिवाचन तथा भजनद्वारा ७ औं वार्षिकोत्सवको सफलताको कामना गरे ।
वेद विद्याश्रमको प्राङ्गणमा भएको उक्त कार्यक्रममा सहकारीका तर्फबाट कोषाध्यक्ष हरिकृष्ण थापा, सदस्यहरु ः खिम ब. थापा, विश्वबन्धु थापा, राजेन्द्र ब. थापा, ऋण समिति सदस्य वासु श्रेष्ठ, लेखा समिति सदस्य गणेश ब. थापा, व्यवस्थापक सूर्य श्रेष्ठ, कुमार गुरुङ् लगाएतको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव भरत थापाले गरेको कुरा वेद विद्याश्रमका सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।