जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

वरिष्ठ नेता पौडेलले भने, ‘प्रहरीको डण्डाले करङ दुखेको छ’

जन्मभुमि खबर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

बुधबार गृह जिल्लामा पुल उद्घाटन गर्न पुग्नु भएका पौडेल माथि प्रहरीले दमन गरेको थियो । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ उहाँले भन्नुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि पौडेलले बिहीबार ट्विट गर्दै प्रहरीको डण्डाले करङ दुखेको बताउनुभएको छ । पौडेलले लेख्नुभएको छ, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।’

तनहुँको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका नेकपा कार्यकर्ताले अवरोध गरेका थियो ।

प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।