जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लोकतन्त्रको आधार सुचनाको अधिकार

शिब बस्ताकोटि( शिव दाइ) पोखरा ।

कुनैपनि राष्ट्रको शासन प्रणालि लाई चुस्तदुरुस्त बनाउन शुसासन स्थापित गर्न गराउन देसमा भइरहेका विविध पक्ष योजना विकासका लागि गरिएका निर्णय र कार्यलाई पारदर्सिताका साथ अगाडि बढाउन भ्रष्टाचार मुक्त राज्य स्थापित गराउन ढिला सुस्ति अनियमितता लाई निर्मुल र शासक तथा प्रशाशक लाई जवाफदेहिताको वोध गराउदै लोकतन्त्र लाइ बलियो मजवुत र जनतालाइ पुर्ण अधिकार सम्पन साथै जिम्मेवार वनाउनका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै जनतामा सुचनाको हकको सुनिश्चित हुनु हो ।त्यसैले त लोकतान्त्रिक पद्दतिको अभ्यास र अनुभव भएका हरुले भन्ने गर्छन् लोकतन्त्र को प्राणवायु भनेकै सुचनाको हक हो ।जबसम्म अाम नागरिकले आफ्नो टोल वडा छिमेक स्थानिय तह प्रदेस हुदै केन्द्रीय तह सम्म भए गरेका विभिन्न सार्वजनिक सरोकारका विषय योजना विकास निर्माणका कार्य र भए गरेका विवरण बारे स्पष्ट जानकारि पाउदैनन् आफ्ना हक अधिकार र दायित्व बारे जानकारि पाउदैनन् तब सम्म लोकतन्त्रको अनुभुती हुन सक्दैन जब सम्म लोकतन्त्रको अनुभूति आम जनतामा हुन सक्दैन उनले महशुस गर्न पाउदैनन् तब सम्म लोकतन्त्र पनि बलियो र मजवुत हुन पनि सक्दैन।फेरि जब सम्म अाम जनतामा सुचना किन माग्ने को सग माग्ने भन्ने बारे जब सम्म ज्ञान हुदैन तक सम्म देसमा मनपरितन्त्र भइनै रहन्छ जसले गर्दा देसमा भ्रष्टाचार ढिला सुस्ति अनियमितता हुनुका साथै जिम्मेवारि र जवाफदेहिता पनि शून्य हुँदै जान्छ जसको परिणाम देस उधो गति तिर लाग्ने खतरा बढ्न सक्छ र जनता जहिले पनि अन्यौल वस्थामा बाच्न बाध्य हुनु पर्छ ।यहाँ सम्मकि अाफ्नै टोल छिमेक वडामा भइरहेका विकास निर्माणका काम राज्य बाट पाउने सेवा सुविधा बाट समेत बञ्चित हुनु पर्छ ।त्यसैले सुचना माग्नु भनेको ब्यक्ति विकास मात्र नभै राष्ट्र विकास गर्नका लागि शुसासन स्थापित गराउनका लागि र आम जनता अधिकार सम्पन्न बन्नका लागि सुचनाको हक राम वाण सावित हुन सक्छ ।जब सम्म आम जनतामा लोकतन्त्र भनेको के हो? लोकतन्त्र को प्राणवायु भनेको के हो ?लोकतन्त्र लाई बलियो बनाउने अाधार के हो। के गर्दा र कसरि लोकतन्त्र बलियो हुन्छ। के गर्दा शासक र प्रशाशक सदा सहि मार्ग हिड्न बाध्य हुन्छन्।शासक र प्रशासकमा जवाफदेहिताको जिम्मेवार को वोध कसरी हुन्छ उनिहरु लाई गलत बाटो नजानका लागि कसरी रोक्न सकिन्छ भन्ने कुराको अाम जनतामा ज्ञान हुद‌ैन र चासो रहदैन तक सम्म देसले कुनै पनि कुरामा न त छलाङ मार्न नै सक्छ न त परिवर्तन नै हुन सक्छ त्यसका लागि पहिला आम जनतामा परिवर्तनको खाचो छ त्यसका लागि अरु केही चाहिदैन बस् सबैमा सुचनाको हक प्रयोग गर्दै सबै सार्वजनिक सरोकारको बिषय सग सम्वन्धित निकायमा लोकतान्त्रिक पद्धतिमा टेकेर सुचना माग्ने बानि बसाल्नु पर्छ। जसले गर्दा भ्रष्टाचार ता हुनै पाउदैन ढिलासुस्ति आफै हराउदै जान्छ अनियमितता खिइदै जान्छ जिम्वेवारि सदाचारमा रुपान्तरण हुनुका साथै शासक प्रशासकमा दायित्व र जवाफदेहिताको बोध हुँदै जान्छ ।फेरि लोकतन्त्रमा सुचनाको हक भनेको काक्रो लाई थाक्रो भने जस्तै हो जबसम्म थाक्रोले सरक्षण गरणदैन तब सम्म काक्रो न राम्रो सग बढ्न र फैलिन सक्छ न त सुरक्षित नै रहन सक्छ त्यस‌ले त लोकतान्त्रिक पद्दतिलाइ राम्रो सग बुझेका हरुले लोकतन्त्रको आधार सुचनाको अधिकार भन्ने गर्छन् ।सुचनाको हकलाइ लोकतन्त्रको गहना भन्छन् कसैले लोकतन्त्रको धड्कन पनि भन्ने पनि गर्छन् किन भने जबसम्म धड्कन चलि रहन्छ तब सम्म श्वास प्रश्वास भइरहन्छ जब श्वास प्रवास हुन्छ तब धड्कन चल्न थाल्छ तब उ जिवित हुन्छ चलायमान हुन्छ ठिक त्यस्तै राज्य सरमारका सबै सार्वजनिक निकाय र अाम जनतामा सुचना लिने दिने अादान प्रदान गर्ने परम्पराको थालनि हुन्छ तब लोकतन्त्र अाफै बलियो र मजवुत हुँदै जान्छ जसले गर्दा देसमा तिव्र गतिमा विकास हुँदै जान्छ लोकतन्त्र अकाट्य हुन्छ जसले गर्दा शुशासन स्वत स्फुर्त स्थापित हुदै जान्छ । शुशासन स्थापित भए सगै राष्ट्र र राष्ट्रियता बलियो हु्न्छ दिगो शान्ति अमन चयन कायम रहन सक्छ । आम जनता सुखि बन्न सक्छन् देस सम्वृद्दिको बाटोमा यात्रा गर्न थाल्छ।त्यसैले य‍ो तीन अक्षरको शब्द सामान्य लागे पनि सामान्य होइन यसलाइ कसरी प्रय‍ोग गर्ने भन्ने कुरा नै सर्वमान्य हो। लोकतन्त्र मा आम जनताका लागि सुचना माग्नु अधिकार हो भने सुचना दिनु दायित्व र जिम्मेवारी पनि हो हामिले अधिकारका कुरा गरिरहदा दायित्व र जिम्मेवारी लाई पनि विर्सनु हुदैन त्यसै लाई नै सचेत नागरिकको देस र शुशासन प्रति समर्पित भुमिका निर्वाह गरेको कारण लोकतन्त्र मा त्यस्ता नागरिकलाइ कुनै पाटिका नेता कार्यकर्ता जनता भन्दा माथि राखेर अभियन्नता भनिएको हो जसले लोकतन्त्र को मर्म लाई बुझेर देस र जनतालाइ केन्द्र मा राखेर जनताका हक अधिकारको खोजि गर्छ त्यहि नै अभियन्नता हो हिजो हाम्रा पुर्खा हरुले विवाह गर्दा जन्ति निस्कने बेला बजाउने बाजा आवाज ले जन्ति हिड्न थाले भन्ने सुचना साथै कसैको निधन हुदा बजाइने शँखको ध्वनि पनि हाम्रो परम्परागत एक प्रकारको सुचना दिने परम्परा हो कहि कतै हामिले पनि लिने दिने सुचनाले पनि ठुला ठुला घटना हुन बाट देस र सिङ्गो समाज लाई नै बचाउन पनि सकिन्छ बच्न पनि सकिन्छ परिवर्तन ल्याउन पनि सकिन्छ शुसासन कायम गराउदै भ्रष्टाचार सुन्य समाज सहितको लोकतान्त्रिक पद्दतिमा टेकेर देस लाई सम्वृदि तर्फ डोर्याउदै लोकतन्त्र लाई स्थापित गर्दै राष्ट्र र राष्ट्रियताको रक्षा गर्न सक्छौ
शिवराज बस्ताकोटि( शिवदाइ) आर टि आइ कास्की  बास कास्की अध्यक्ष  हुन