जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पर्साबाट पक्राउ

१६ पुस, काठमाडौं । प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।