जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लालीगुराँस शान्तिटोलमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

पोखरा, ०६, फागुन 
पोखरा १२ लालीगुराँस शान्ति टोलमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
लालाीगुँरास शान्तिटोल विकास संस्था र लालिगुँरास शान्तिटोल आमा समूहको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा लालीगुँरास टोलवासीहरु जम्मा १०५ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका थिए । निशुल्क स्वास्थ्य परिक्षण अन्र्तगत व्लड प्रेसर, तापक्रम, तौल, सुगर, कोलस्टोर, युरीक एसिड जस्ता रोगहरुको निशुल्क परिक्षण गरिएको टोल विकास संस्थाका अध्यक्ष श्री रुद्र न्यौपानेले जानकारी दिए । निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई पोखरा १३ मियापाटन स्थित अन्नपुर्ण क्लिनिकल प्रा.लि. को सहयोग प्रदान गरेको थियो भने वल्र्ड युथ इन्टरनेशनल अष्ट्रेलियाका रजिष्टार नर्सहरुले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
लालिगुँरास शान्ति टोलको चौरमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य आमा समूह अध्यक्ष श्री शुसीला खनालले राख्नुभएको थियो भने कार्यक्रमको संचालन टोल विकास संस्थाका सचिव श्री होमनाथ निरौलाले गरेका थिए ।