जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लालिगुँरास आमा समुहको ११ औं साधारण सभा सम्पन ।

पोखरा, ०३ फाल्गुण ।
लालिगुँरास आमा समुह पोखरा २१ को ११ औं साधारण सभा सम्पन भएको छ ।

कायक्रम्मा वडा नम्बर २१ का जनप्रतिनिधि राम बहादुर गुरुङ्ग (कमल)को प्रमुख अतिथियमा सम्पन्न कार्यक्रम्मा रामदी एकहाते टोल विकास संस्थाका अध्यक्ष हिमलाल पौडेल ,रामदी एकहाते टोल विकास संस्थाका पूर्व अध्यक्ष कर्ण बहादुर थापा, रामदि आधारभूत विद्यलय समिति का अध्यक्ष क्या दिल बहादुर थापा, रामदि आधारभूत विद्यलय शिक्षक अभिभावक समिति का अध्यक्ष समन बहादुर गुरुङ्ग कल्याणकारी आमा समुह की सल्लाकार धनमाया गुरुङ्ग लगायतले आफना भनाई राखेका थिए ।


कार्यक्रम्मा संस्थाले जेष्ठ नागरिक बाट हिमरुपा पौडेल, पुर्व अध्यक्ष लोक माया थापा र सेति माया थापा र पुर्व उपाध्यक्ष मुवाँ देवि बि,क लाई सम्मान गरेको थियो।
कार्यक्रमले सांसद विकास कोष कार्ययोजनाको भवन निर्माण समिति गठन गरेको छ ।
साधारण सभाले भवन निर्माण समितिमा जमुना कार्की ,उपाध्यक्षमा सुमित्रा कार्की,सचिव लक्ष्मी खत्रि, कोषाध्यक्षमा सिता बि.क ,सह सचिवमा सस्वति पौडेल, सदस्यहरुमा राम माया खत्री,सुमित्रा वि.क ,शान्ति बराल र पिम माया राना खत्री र अनुगमन समितिमा सेति माया थापा,शान्ति दमै र खिम कुमारी कार्की लाई चयन गरेको छ । सस्ंथाकी उपाध्यक्ष सुमित्रा कार्कीको सभा अध्यक्षमा भएको कार्यक्रमको स्वागत संस्थाकी कोषाध्यक्ष सस्वति पौडेल र संचालन सचिव जमुना कार्कीले गरेकि थिइन।