जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लायन्स क्लव अफ चितवन लन्कुद्वारा क्लवको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न

चितवन ।

लायन्स क्लव अफ चितवन लन्कुले क्लवको आन्तरिक पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । बर्ष २०१९/२०२० को कार्यसमितिले बर्ष २०२०/२०२१ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।            लायन नारायण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम क्लवका पूर्व सचिब लायन कृष्ण कुमार शर्माले संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि लायन रामजी पौडेलले बर्ष२०१९/२०२०मा क्लबले गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै लायन्स बर्ष २०२०/२०२१ को नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।        क्लवको स्थापना देखि हाल सम्म क्लबले गरेको उल्लेखनीय कार्यहरु संक्षिप्त जानकारी संस्थापक एवंम पूर्व अध्यक्ष लायन भानुभक्त सापकोटाले जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा पदिय दायित्वको बारेमा लायन भिमलाल शर्मा खरेलले जानकारी दिनुभएको थियो ।