जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लायन्स क्लब अफ पोखरा डाउन टाउन द्वारा ढोरपाटन नगरपालिकाका बाढी पिडितलाई सहयोग ।

पोखरा ।                                                                            लायन्स क्लब अफ पोखरा डाउन टाउनले यही मिति २०७७ भाद्र १७ गते परेको अबिरल बर्षाले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ६,७,र ८ वडा मा गएको बाढी पहिरोले गर्दा भएका पीडित हरुलाई सहयोग गर्ने उदेश्यले एक कार्यक्रम गरि रु ५६ हजार रुपियाँ स्थानीय पीडितका प्रतिनिधि धम बहादुर बुढा मगर लाई क्लबका अध्यक्ष लायन रेशम बहादुर के.सि.र प्रमुख अतिथि लायन राम बहादुर बस्यालले हस्तान्तरण गर्नुभयो ।
पोखरा को इन्द्रेणी एकीकृत बिकास केन्द्रको सभाहलमा भएको कार्यक्रम मा बिश्व मा महामारी फैलिएको कोविड १९ को कारण सामाजिक दुरि कायम गरि गरिएको कार्यक्रममा लायन भानुभक्त अधिकारी ,हरि प्रसाद पराजुली ,रहमोहन सुवेदी लगाएतले देशमा हुने जुनसुकै किसिमको को प्राकृति प्रकोप भएपनि लायन्स सदस्य हरु अग्रमोर्चा रहि सेवा गर्दै आएको र अहिले हरेकमा सकृय रुपमा लागिरहेको बताउनु भयो भने प्रमुख अथिती बस्यालले नेपाल मा यस्तै बिपत्ति को बेलाको लाई डिष्ट्रीकले छुट्टै कोष खडा गरि सहयोग गर्दै आईरहेको कुरा बत्ताउनु भयो भने पीडितको तर्फबाट डाउन ले गरेको सहयोग आफुहरु लाई अमृत भएको कुरा राख्नु भएको कार्यक्रम क्लबका अध्यक्ष लायन रेशम बहादुर केसि को अध्यक्षतामा भएको र सचिब लायन अशोक श्रेष्ठले संचालन गर्नु भएको थियोे ।