जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

जन्मभुमि खबर ,पोखरा । लागूऔषध मुद्दाका फरार प्रतिवादी पर्वतको कुश्माबाट पक्राउ परेका छन् ।

कास्की जिल्ला अदालतको २०७५ असार २७ गतेको फैसलाले लागूऔषध मुद्धामा दुई वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरीवाना तोकी हालसम्म फरार रहेका बागलुङ ढोरपाटन घर भई हाल पर्वतको कुश्मा नगरपालिका–१ मा डेरागरी बस्ने २४ वर्षीय गोकुल गुरुङ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले गुरुङलाई शुक्रबार पर्वतको कुश्मा –१ बाटै पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

साथै, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले कास्की जिल्ला अदालतको फैसलाले लागूऔषध मुद्धामा १ महिना कैद र एक हजार जरिवाना तोकी फरार रहेका म्याग्दी, भकिम्ले न.पा., वडा नं. ३ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३ बस्ने बर्ष २८ का गणेश भन्ने खगराज पुन समेत पक्राउ गरी कास्की जिल्ला अदालतमा बुझाईएको प्रवक्ता हमालले जानकारी दिए ।