जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लमजुङको मर्स्याङ्दी  गाउँपालिका मा पहिरो जादा १८ घर पुरिए ।

पोखरा ।                                                    लमजुङको मर्स्याङ्दी  गाउँपालिका ३ तरापु पल्लोटारीमा बुधबार बिहान पहिरो जादा १८ घर पुरिएका छन्।

पहिरोमा परेर ३ जना घाइते भए पनि अन्य मानवीय क्षति नभएको गाउँपालिकाले जनाएको छ।

‘बिहानको समय मान्छे घरमा नभएको समयमा पहिरो आएको र भएका मान्छेहरुले पहिरो आएको  देखेपछि  सुरक्षित ठाउँमा गएकोले  मानवीय क्षति नभएको गाउँपालिकाले बताएको छ।

सो  गाउँमा ८० घर रहेका  र वरिपरि रहेका अन्य घरहरू पनि जोखिममा रहेका छन्। घटनास्थलमा प्रहरी र   स्थानीयवासीको टोलीले पहिरो हटाउन थालेका छन्।