जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रोटारी क्लब भरतपुरद्वारा न्यानो कपडा तथा टिच अन्तर्गत ४३ इन्चको एल.सि.डि मोनिटर र मिदास सफ्टवेर प्रदान

चितवन।                                                                              रोटरी क्लब अफ भरतपुरले रोटरी नेपाल लिटरेसी मिसन अन्तर्गत सहयोग गरिरहेको श्री जखाडीमाई आधारभूत बिध्यालय भरतपुरमा कक्षा १ देखि ५ सम्मका ७६ जना बालबालिकालाई न्यानो कपडा (ट्रैक सुट) प्रदान गरिएको छ ।    सोहि अबसरमा बालबालिकालाई आधुनिक तरिकाले शब्द चित्रबाट पठन पाठनमा उपयोगी हुने मिदास सफ्टवेर र ४३ इन्चको मोनिटर विद्यालयका प्रधानाध्यापक श्री उपेन्द्र राज सेढाईलाई रोटरी क्लब भरतपुरका बर्ष २०२०/२१ का अध्यक्ष रोटरीएन डा. रेवन्त कुमार भट्टराईले हस्तान्तरण गर्नु भयो । सोहि कार्यक्रममा रोटरी क्लब अफ भरतपुरका पूर्व अध्यक्ष् रोटरीएन श्री हरि प्रसाद सुबेदीद्वारा रोटरी-हरि प्रसाद/गीता सुबेदी सन्तति छात्रवृति कोषबाट कक्षा १ बाट ५ सम्म प्रथम हुने छात्र, छात्रालाई जनही पाँच पाँच हजारको दरले बार्षिक २५ हजार पाँच बर्षसम्म हस्तान्तरन गर्ने निर्णय सहितको ब्यानर बिद्यालयलाई हस्तान्तरण गर्दै २०७७ सालको बार्षिक परिक्षामा सर्बप्रथम हुने बिध्यार्थिलाई दिने जानकारी रोटरी क्लब अफ भरतपुरका पूर्व अध्यक्ष रोटरीएन श्री हरि प्रसाद सुबेदीले गराउनु भयो ।  कार्यक्रममा बोल्दै अधक्ष्य डा. रेवन्त कुमार भट्टराईले समग्र विद्यालयको स्तारोउन्नतीको लागि बिध्यलायामा रु एक लाख पचास हजार बराबरको शौचालय निर्माणको अन्तिम चरणमा पुगेको बताउनु भयो । साथै बालबालिकालाई शुद्द खाने पानीको लागि यसै हप्ताभित्र पानीको फिल्टर जडान हुने जानकारी गराउनु भयो । विद्यालयका कक्षाकोठाहरुको रंगरोगन पानी गरिने जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट रो. राजेन्द्र कुमार पियाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।    कार्यक्रम संचालन सर्विस प्रोजेक्ट चेयर श्री नबिन भण्डारीले गर्नु भएको थियो । उक्त कार्यक्रम मा निबर्तमान अध्यक्ष ई. सुरेश बहादुर सेन ठकुरी, पूर्व अध्यक्ष रोटरीएन श्री जीवन श्रेस्ठ, जोइन्ट सेक्रेटरी बिमल छेत्री, कोषाध्यक्ष श्री ऋषि राम तिमिल्सिना, रो. बद्रीनाथ पोख्रेल लगाएत विद्यालयका शिक्षिका र शिक्षकको पनि उपस्थिति रहेको थियो ।