जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रिमा पाण्डेेेेको कविता “बाबा”

बाबा (कविता)  मलाई जन्म दिएनौ किनकी तिमिलाई
आमा बन्ने सौभाग्य प्राकृतिले नै दिएन ।।
तर अह आमा अनि तिम्ले गर्ने मायामा
इत्ति अलिलती पनि फरक थिएन ।।

जन्म दिएनौ कर्म दियौ बाध्यताले प्रदेशियौ
ताते ताते गर्न बाल्यकालमा हात दिएनौ ।।
काखमा खेलाउने धर्ती आमा आकाशको
जुन बनी प्रकाश दिने बाबा फरक थिएनौ ।।

आमाले मागेपछि सबै दिइन तर तिमी अलि
कन्जुस थियौ थियो तिमिमा घरको जिम्मेवारी
कसरी हुर्काउने कसरी पढाउने यहि धेर सपना
सजिन्थे बाबा सधै तिम्रा ती थकित आखा भरी ।।

हो पहिलो पाइला चाल्न सिक्दा तातेताते छोरी
भनि डोराउने मसङ्ग तिम्रो बलिया हात थिएन ।।
बाध्यता ले थिचेर प्रदेशिएको तिमी छोराछोरी
सङ्गै रमाउने त्यो खुशीको प्रदेशिको औकात थिएन ।।

म बिरामी पर्दा आमा मलाई काखमा च्यापि पलपल
आशु पुछ्दै बिचरा घुक्क घुक्क धेरै समय रोइरहिन ।।
अस्पताल लगिन धामीझाँक्री लगिन घरी निधार त घरी
मेरा पाउहरु काम गर्दा गर्दा चर्केका हातले छोइरहिन ।।

तिमिलाइ त मलाई बचाउन पैसा कमाउनु थियो नि
अनि प्रदेशमा पसिना बेच्नु थियो कसरी म सङ्गै हुन्थ्यौ।।
सङ्गै काम गर्ने काका भन्नुहुन्थ्यो रे आमासङ्ग मेरो फोटो
हेरि छोरा मान्छे भएर पनि सधै सुक्क सुक्क रुन्थ्यौ ।।

म अबोध थिए अह थाहा थिएन कस्ले बढी माया गर्छ
तर स्वार्थ थियो या तिम्रो माया सधै तिम्रै नजिक बने रे।।
तोते बोली मै बब बब बाब बाबा भनी पहिलो शब्दमै
अचम्म अन्जानमै लामो बोलिले तिम्रै नाम भने रे ।।

जब सानोमा तिमी अनि आमा बराबर थियौ भने
अब एक सिक्काको दुई पाटा कसरी भिन्न भनु म ।।
बाबाको महत्त्व वा माया कम थियो भनी कसरी
झुठो बोलेर न्यायको पक्षपाती न्यायाधीश बनु म ।।

अहिलेको जस्तो काहा थियो र पुरानो जमानामा
इमो भाइबर म्यासेन्जर भिडियो र अडियो कल ।।
प्रतेक चिट्ठीको पहिलो लाइनमा मेरि प्यारी छोरी
भनेर नलेखेको कुनै चिट्ठी अनि थिएनन रे कुनै पल ।।

हो म मान्छु हरेक बस्तुलाई चिनाउने संकेत अर्थात
हामीले चिनिने कोडमा अनेक फरक चिन्ह हुन्छ ।।
सङ्गै राखेर हुर्काउने आमा अनि हुर्काउनको लागि
प्रदेशिने जिम्मेवारि बोक्ने बाबा कसरी भिन्न हुन्छ ।।

आमाले प्रतेक तिजमा मलाई नया जामा दिइन तर
उनले आफ्नो च्यात्तिएको गुन्योले बेरेको हर हेरिनन।।
न गुनासो नै गरिन आमाले न मलाई पनि छैन भनिन
मेरो हर छोपे पुग्थ्यो उनलाई आफुले सारी फेरिनन ।।

तर ममताकी खानीका कारणले म सदा आमाको मात्र
बयान गर्न चर्चा गर्न र प्रशन्शा गर्न अघि सर्न सक्दिन ।।
लाहुर जादा अनि बर्ष दिनमा लाहुर बाट आउदा हुने
बुबाको सट उहीँ हुन्थ्यो त्यो विरुद्ध पर्न सक्दिन म ।।