जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राहत कोषका लागि गुप्तेश्वर महादेव गुफा तथा डेभिजफल क्लबको सहयोग

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति छोरेपाटनले ५ लाख रुपैयाँ सहयोग गरेको छ । समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको टोलीले ५ लाखको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले सहयोग सानो,ठूलो नहुने भन्दै गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गरेको सहयोग सह्रानीय रहेको बताए ।

यसैगरी छोरेपाटनकै डेभिजफल क्लबले पनि महानगरको राहत कोषमा १ लाख सहयोग गरेको छ । क्लबका अध्यक्ष खेमराज बराल पुष्पले राहत वितरण गर्दा सहि  व्यक्तिहरु पाउने वातावरण मिलाउनुपर्ने बताए ।पोखरा महानगरपालिकाको राहत कोषमा शनिबार सम्म ३ करोड ८८ लाख ७५ हजार ५ सय १ रुपैंया जम्मा भएको छ ।