जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका लागि आव्हान

जन्मभुमि खबर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिशमा उनले पुस १७ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आव्हान गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले आज सूचना जारी गर्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आव्हान गरिएको जनाइएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रिय सभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकद्वारा प्रतिनिधिसभाको बिघटनको सिफारिश गरेकोमा सदर गरेकी थिइन् ।