जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामदी आधारभूत विद्यालयमा पुरस्कार तथा न्यानो कपडा वितरण।

रेशम ढकाल ,पोखरा २५ पुस।


पोखरा २१ रामदीमा रहेको रामदी आधारभूत विद्यालयमा बिहीबार पुरस्कार तथा न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भयो । विब्यस अध्यक्ष क्याप्टेन डि बि थापाको अध्यक्षतामा तथा घामपानी सहकारी संस्थाका अध्यक्ष श्री वीरेन्द्र नारायण विजुक्छेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०७५ तथा स्र्पोट  मिट २०७६ का कुल १०२ पुरस्कारहरु वितरण गरिएको थिए ।

विद्यालयका चन्दादाता तथा नेपाली काङ्ग्रेस कास्की क्षेत्र नं. २ का अध्यक्ष श्री विजयराज आचार्य, घामपानी सहकारी संस्थाका लेखा संयोजक, सहकारीका प्रबन्धक को विशेष उपस्थिती रहेको कार्यक्रममा घामपानी सहकारीको तर्फबाट ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा वितरित सबै पुरस्कार तथा खाजाको सौजन्य विब्यस अध्यक्ष क्याप्टेन दिलबहादुर थापाले गर्नुभएको थियो । विशेष अतिथि कास्की क्षेत्र नं. २ का सभापती विजयराज आचार्य, सल्लाहकार केशवराज पौडेल, शिक्षक  अभिभावक संगका अध्यक्ष समनबहादुर गरुङ,गोजिरियो कराते कास्कि  संघका अध्यक्ष देवराज सुनार,  लगाएतले मन्तव्य राख्नुभएयो।

कार्यक्रमको स्वागत शिक्षिका सन्तोषी पौडेल  र सञ्चालन प्रधानाध्यापक रेशमप्रसाद ढकालले गर्नुभएको थियो ।