जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रामदीमा न्यानो कपडा वितरण

पोखरा, २५ मङ्सिर ।
पोखरा २१ रामदीमा रहेको रामदी आधारभूत विद्यालयमा लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको सहयोगमा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेसनरी सामान वितरण गर्ने कार्यक्रम बिहीबार सम्पन्न भयो ।

क्लबका अध्यक्ष लायन सूर्य बहादुर कार्कीको अध्यक्षता तथा क्लबका डी जी मनबहादुर रोकाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विब्यस सदस्य दिल बहादुर खड्काले सुन्दर गीतका माध्यमबाट स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका ३५ जना विद्यार्थीहरुलाई विद्यालयको नाम अङ्कित ट्र्याक सुट, स्विटर तथा स्टेसनरी सामग्री वितरण गरिएको थियो । क्लबका सहसचिबको सञ्चालनमा सम्पन्न विद्यालयको तर्फबाट विव्यस अध्यक्ष क्या. दिलबहादुर थापा मन्तव्य राख्नुभएको थियो । क्लबका शीर्षस्थ पदाधिकारीले आफ्नो मन्तव्य राख्दै आगामी दिनमा पनि विद्यालयलाई यस्तै सहयोग गर्ने जानकारी दिनुभएको छ ।