जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

युवाको प्रदर्शन मा प्रहरीको लाठी चार्ज।

पाेखरा ।

पोखराका आज स्वतन्त्र युवाहरुले बर्तमान सरकारले गरका कामको विरोधमा प्रदर्शन गरेका छन् ।

कोरोना भाईरस  दिनानु दिन बढदै जाने र  रोकथाममा सरकारको भुमिका फितलो भयो भन्दै प्रदर्शन गरेका हुन् । सरकारले कर मात्रै उठाउने जनताको सुरक्षा खोइ, आर.डि.टी बन्द  गरौ पि. सि.आरको दायरा बढाउ,बोली मात्र काम गर्न नसक्ने सरकार हामीलाई चाहिदैन, युवाको आवाज सुन, लगायतका नारा सहितको प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यलय अगाडि  प्रदर्शन गरिएका हुन।

मौन प्रदर्शनमा  युवाहरुबाट ढुङ्गा प्रहार गरेका पछि प्रहरीले भिडलाई नियन्त्रण लिन लाठी चार्ज गरेको थियो। प्रहरीलेे केही युुवलाई पक्राउ गरेको छ ।