जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यातायात ब्यवस्था कार्यलय लाईसेन्स शाखा पार्दि पोखरा मा ज्ञापनपत्र बुझाउदै “जागौ पोखरा युवाहरू “

पोखरा ।        ” जागौँ पोखरा अभियान ” ले आज सवारी चालक अनुमती पत्र (लाइसेन्स) को नवीकरण गर्ने म्याद नाघे बापत बुझाउनु पर्ने शुल्कको जरिवाना बन्दाबन्दी (लकडाउन) का कारण मिनाहा गर्ने भनेर नेपाल सरकार संघीय मन्त्री परिषदले मिति २०७७-४-५ गते बसेको बैठकमा निर्णय गरि यातायात बिभाग मार्फत सबै प्रदेशका यातायात कार्यलयमा पत्रचार गरिसकेको तर यातायात ब्यवस्था कार्यालय, लाइसेन्स शाखा, पार्दी, पोखराले सो निर्णय कार्यान्वयन नगरेको हुँदा, सो कार्यालय प्रमुखलाई यो नियम कार्यान्वयन नहुनुको कारण सोध्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।   
कार्यालय प्रमुखले यातायात बिभाग बाट उनिहरुको अनलाईन सिस्टम  निर्णय अनुसार परिवर्तन नभएकोले आफुहरु फाइन लिन बाध्य भएको जानकारी गराए ।

साथै संघीय सरकारको मन्त्री परिषदको निर्णय कार्यान्वयन नभएको जानकारी सहित, निर्णय कार्यान्वयन गराउन, जिल्ला प्रशासन अधिकृत माफत प्रधानमन्त्रीको कार्यालय काठमाडौंमा ध्यानाकर्षण पत्र पठाएको जागौ पोखराले बताएको छ।