Home / खेलकुद / मेयर कप भलिबल प्रतियोगिता सम्पन्न ।

मेयर कप भलिबल प्रतियोगिता सम्पन्न ।

पोखरा  ३०  बैशाख ।

कास्की जिल्ला भलिबल संघ र पोखरा लेखनाथ महानगरपालिकाद्वारा पोखरामा आयोजित मेयरकप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर २३ ले जितेको छ ।

शनिबार पोखरा रंगशालामा सपन्न फाइनल खेलमा वडा नम्बर २१ लाई २५–१३, २६–२४ र २५–२१ को सोझो सेटमा पराजित गर्दै वडा २३ ले पहिलो पटक आयोजित प्रतियोगिताको उपाधी आफ्नों नाम गराएको हो ।

वडा नम्बर १८ लाई ३–१ सेटमा पराजित गर्दै वडा नम्बर ३३ ले तेश्रो स्थान हाँसिल गरेको छ भने वडा नम्बर २३ ले नगद १ लाख सहित मेयर कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा दोश्रो स्थान हाँसिल गरेको वडा नम्बर २१ ले नगद ५० हजार सहित कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । तेश्रो स्थान हाँसिल गरेको वडा नम्बर ३३ ले नगद २५ हजार सहित कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए।

About janmabhumi