जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

“पाठ्यक्रममा मुक्तक समावेश अभियानले पाठ्यक्रम बिकास केन्द्रका दाहाल लाई बुझायो ज्ञापनपत्र”

नविन भण्डारी,पोखरा । नेपाली मुक्तककै उत्थानका लागि क्रियाशील संस्था मुक्तक मञ्च पोखराले बिद्यालयदेखि विश्वबिद्यालय तहको पाठ्यक्रममा मुक्तक समावेश गरिनुपर्छ भन्दै सञ्चालन गरेको कार्यक्रम ‘पाठ्यक्रममा मुक्तक समावेश अभियान’ ले शुक्रबार दवाबमुलक मुक्तक वाचन कार्यक्रम सहित पाठ्यक्रम विकास केन्द्र सानोठिमीका महानिर्देशक केशाव प्रसाद दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै महानिर्देशक केशव प्रसाद दाहालले ‘मुक्तक छोटो, प्रभावकारी र निकै लोक प्रिय बिधा रहेता पनि यो केहि हाम्रा कमजोरीहरु कारण पाठ्यक्रममा छुटेको हुन सक्छ । मुक्तक मञ्चले यसरी हाम्रो ध्यानाकर्षण गराईदिएकोमा हामी आभारी छौँ । अवस्था पनि अबको पाठ्यक्रम तयार गर्दा यो बिधा नछुट्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’ भन्दै आफु पनि मुक्तक प्रेमी रहेको वताए ।
पछिल्लो समय साहित्यका विभिन्न विधाहरुलाई विभिन्न तहका पाठ्यक्रम र पठ्यपुस्तकमा समावेश गरी अध्ययन/अध्यापन गरिँदै आएको भएपनि मुक्तक विधालाई पाठ्यक्रममा समावेश गरी अध्ययन/अध्यापन गराउने गरिएको छैन् । अभियानका संयोजक तथा मुक्तक मञ्च पोखराका अध्यक्ष रामजी प्रसाद आचार्य भने ‘नेपाली साहित्यकै काव्यविधामा पर्ने मुक्तकले नेपाली भाषा र साहित्यप्रेमीका माझ जुन लोकप्रियता पाएको छ, औपचारिक अध्ययन/अध्यापनमा भने यसले त्यति महत्त्व नपाएको महसुस हामीले गरेका छौँ ।’
“कविताको लघुतम विधाका रुपमा सामान्य चिनारीका रुपमा केही पाठ्यक्रममा समावेश गरिएको भए पनि मुक्तककै सिद्धान्त तथा मुक्तक रचनालाई भने समावेश नगरिएको अवस्थामा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा क्रमशः मुक्तकको सैद्धान्तिक तथा रचनागत रुपमा समावेश गरियोस् भन्ने हेतुले मुक्तक मञ्च पोखराद्वारा चरणबद्ध रुपमा यो अभियानलाई अघि बढाएको सर्वविदितै छ । आफ्नो अभियानलाई प्रभावकारी तुल्याउनका निम्ति पछिल्लो समय दवाबमुलक कार्यक्रमलाई सम्बन्धित निकायमा पुर्याउने नियमित कार्यक्रम गरेको सचिव नविन भण्डारी बताएका थिए ।
मुक्तक मञ्च पोखराको ‘पाठ्यक्रममा मुक्तक समावेश अभियान’ले शुक्रबार पाठ्यक्रम विकास केन्द्र सानोठिमीका प्रमुख दाहाललाई ज्ञापनपत्र बुझाएपछि मुक्तक वाचन गर्दैगर्दा पत्रकार विकास गौतमले ‘कुनै पनि तहको पाठ्यक्रममा मुक्तक पढ्न नपाएकोले यसका सैद्धान्तिक पक्षहरुमा हरेका बुझाइ आआफ्नो रहेको जिकिर गरे । कार्यक्रममा मुक्तक मञ्च पोखराका अभियान सचिवहरु नविन भण्डारी, शरण सिं, सुमन लेलिन, सुसान्त शाहि र विकास गौतम अर्चुलले मुक्तक वाचन गरेका थिए ।