जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मालेपाटन युथ क्लबका अध्यक्षको सक्रियतामा पीडित परिवारलाई २० हजार सहयोग

नारायण केसी
पोखरा– दशैको बेला घर टोल उज्यालो बनाउन बिद्युतको पोलमा बत्ती जडान गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएका ज्ञानेन्द्र दाहालको परिवारका लागि मालेपाटन यूनाईटेड क्लब, पोखराका अध्यक्ष प्रेम गुरुङ्गको सक्रियतामा बीस हजार ६ सय रुपयाँ सहयोग संकलन गरी पीडित परिवारका लागि प्रदान गरिएको छ ।
गरिव, बेसहारा र बिरामीका लागि आफु र साथीहरुसँग सहयोग जुटाएर पीडितहरुलाई सहयोग र राहत दिदै आएका गुरुङ्गले उक्त रकम जनप्रतिनिधिमार्फत पीडित परिवारका लागि दिएका हुन ।
पोखरा ५ मालेपाटन निवासी २९ बर्षिय प्रेम गुरुङ्गले उक्त सहयोग रकम आफु र साथिहरुसँग संकलन गरेका थिए । उनले जम्मा गरेको रकम बिहीबार पोखरा ५ का जनप्रतिनिधि वडा सदस्य हरिमाया विश्वकर्मा र उज्जवल खत्रीलाई हस्तान्तरण गरेका थिए ।
अन्नपूर्ण गाउँपालिका पामे घर भई पोखरा ५ मालेपाटनको उपल्लोकुलाकोढिलस्थित माछापुच्छेमार्गमा परिवारसहित डेरा गरी बसेका ज्ञानेन्द्र दाहालको माछापुच्छेमार्गमा सडकको पोलमा वत्ती जडान गर्नेक्रममा करेण्ट लागेर गम्भिर घाईते बनेका थिए । दुई नावालक बच्चा र श्रीमतिसहित डेरा नजिकैको पोलमा करेण्ट लागेर सिकिस्त भएका दाहाललाई स्थानीयबासीले तत्काल उद्धार गरी पोखराको फिस्टेल अस्पतालमा लगेपनि उनले अस्पतालको गेटमै प्राण त्यागेका थिए । करिव ३२ बर्षिय दाहालको निधनपछि दुई नावालक सन्तान र श्रीमति वेसहारा भएपछि विभिन्न टोलका स्थानीय बासीहरुले सहयोग जुटाएर पीडित परिवारलाई सहयोग गर्दै आएका छन ।