जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मालुङकोट तनहुँमा आन्तरिक पाहुनाको भीडले कोरोना भाइरस संक्रमणको जोखिम

जन्मभूमि खबर पोखरा

मालुङकोट तनहुँमा आन्तरिक पाहुनाको भीडले कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ। ‘ साह्रै भीड भयो। बाहिरबाट पाहुना आउँदा गाउँमा संक्रमणको त्रास बढ्यो। यस्तै हो भने गाउँमा संक्रमण फैलिन केहि बेर नलाग्ने आज अबलोकनका लागि गएका एकले बताए।  स्थानीयबासि जोखिममा पर्ने खतरा भयो ।अरुतिरका पदमार्ग बन्द हुँदा यो पटक सोसियल मेडियामा भाईरल भएको मालुङकोटमा सोचेभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् अहिलेको यो बिषम परिस्थितिमा प्रशासनले  केहि नसोच्ने हो भने कोरोनाले बिकराल रुप नलेला भन्न सकिन्न। आउने पर्यटक पनि सुरक्षित हुनुपर्छ, गाउँले पनि सुरक्षित रहनुपर्छ। यस ठाँउमा पोखरा, चितवन क्षेत्रका युवाहरुको निकै भीडभाड बढेको छ। घुम्न आएकाहरु सुरक्षित भएर आएका छैनन् धेरै जसोको मुखमा माक्स छैन संक्रमण बढ्न सक्ने खतरा तिब्र छ सचेत हुनुपर्ने देखिन्छ। तस्वीर: दिलिप भण्डारी