जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मानहुँकोटमा क्याम्पफायर गर्न गएका शुक्लागण्डकीका सागर मृत भेटिए

जन्मभुमि खबर ,तनहुँ । तनहुँको व्यास-५ मानहुँकोटमा एक जना युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शुक्लागण्डकी-७ स्याउलीबजारका ३५ वर्षीय सागर थापा रहेको जिल्ला प्रहरी कार्याले तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

अन्य साथीहरु संग हिजो मंगलबार क्यामफायर गर्ने गरी घुम्न गएका थापाको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बुधबार बिहान अन्य साथिहरु घुम्न गएका थिए भने थापा सुत्न गएका थिए । सुत्न गएका थापा ११ बजे सम्म पनि नउठेपछि उठाउन जाँदा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सो घटनाको विषयमा थप अनुसन्धान भईरहेको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।