जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माघ ४ देखि पृथ्वीनारायण क्याम्पसका कक्षा भौतिकरुपमा सञ्चालन हुने

जन्मभुमि खबर, पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराका सम्पूर्ण कक्षा आागमी माघदेखि भौतिकरुपमा सञ्चालन हुने भएको छ ।
कोभिडका कारण लामो समयदेखि कक्षा सञ्चालन हुन नसकेको र त्यसयता अनलाइन कक्षा सञ्चालन हुँदै आएपनि माघदेखि भौतिकरुपमै सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले जनाएका छन् ।
आज क्याम्पसद्वारा जारी सूचनामा उक्त जानकारी दिइएको छ । त्रिभुवन विश्वविद्यालयको पत्र बमोजिम कक्षा सञ्चालनमा ल्याउन लागिएको हो । यसबीचमा अनलाइन कक्षाहरु भने जारी राखिने भएको छ ।