जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माघ २४ गते ‘प्रथम एमेचुअर क्यासल कप’ हुने

जन्मभुमि खबर,पोखरा । पोखरा महानगरपालिका ४ गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासल प्रा.लिले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना गर्ने भएको छ । उदीयमान खेलाडीहरुलाई लक्षित गरी आगामी (माघ) २४ गते गणेशटोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा १ दिने ‘फाइभ ए साइड फुटसल’ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

स्पोर्टस् क्यासलका सञ्चालक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी समेत रहेका प्रतियोगिता संयोजक ईश्वर (चन्द्र) गुरुङले उदीयमान खेलाडीहरुलाई स्थान दिने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनका अनुसार व्यावसायिक रुपमा फुटबल खेल्दै आएका खेलाडीहरु सो प्रतियोगितामा सहभागी हुन पाउने छैनन् । ‘हामीले न्यु कमरलाई प्राथमिकतामा राखेर यो टुर्नामेन्ट आयोजना गर्न लागेका हौं, संयोजक गुरुङले भने, ‘उनीहरुलाई एक्स्पोज गर्न यस प्रतियोगिताले थप टेवा पु¥याओस् भन्ने हेतुले एक दिनमै सम्पन्न गर्ने गरी आउँदो २४ गते खेलाउँदै छौं । प्रोफेश्नल खेलाडीहरु भने खेल्न पाउने छैनन् ।’

गुरुङले उक्त प्रतियोगिताको बिजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गर्नेछ भने सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई जि.एच हेयर एण्ड ट्याटु न्युरोडद्वारा ८ जनालाई निशुल्क कपाल काट्ने र बुलडग बार खहरे लेकसाइडको तर्फबाट ८ जनालाई खानामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

संयोजक गुरुङले सो प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडी बन्न सफल खेलाडीलाई केल्मीको आधिकारिक बिक्रेता डिलाईट स्पोर्टस्बाट केल्मी फुटसल जुत्ता प्रदान गर्ने बताए । करिब ३० टिम बढी अपेक्षित सो प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको छ । टिम दर्ता गर्न स्पोर्टस् क्यासलको कार्यालय तथा सम्पर्क नम्बर ०६१५२८०८२, ९८५६०२२५८४, ९८०६६८६१८७, ९८१६१८५४५४ मा सम्पर्क गर्न सकिनेछ ।

उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ । स्वास्थ्य उपसमितिको जिम्मा पद्म फार्मेसीका सञ्चालक बाबुराम पौडेल, क्यासलका सञ्चालक विजया गुरुङ र अनमोल पालिखेलाई मैदान तथा खेलाडी व्यवस्थापन उपसमितिको जिम्मा फुटबल प्रशिक्षक विष्णु गुरुङ, अञ्जन देवकोटा, रन्दीप पौडेल, सुमित श्रेष्ठ, सुदिप सुनार, स्वयंसेवक व्यवस्थापनको जिम्मा, देव गुरुङ, आकाश वामे, अर्जुन थकाली लगायतलाई जिम्मा दिइएको छ ।

त्यस्तै खाजा तथा पानी व्यवस्थापन उपसमितिको जिम्मा विकास गुरुङ तथा शिव प्रसाद गुरुङ, रेम्बो परियार र प्रचारप्रसारतर्फको जिम्मा निकोलस गुरुङ, सुमन गुरुङ तथा सुशान्त गाहा मगरलाई दिइएको छ । सो प्रतियोगितालाई मिडिया पाट्नर्सको रुपमा गोल नेपाल, चंगा प्रोडक्सन, लोडिङ नेपाल र मयुर टाइम्स न्युजले साथ दिएको छ ।