जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ ।

सुनसरी ।                                                                            आफ्नै महिला कर्मचारीलाई करकापमा पारेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नम्बर-७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहता रहेका छन् ।                                                 उनी माथि  एक महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई बिहीबार उनकै घरबाटै पक्राउ गरेको हो ।    पटक -पटक  उनले  ती महिला कर्मचारीलाई  करकापमा पार्दै जबरजस्ती करणी गरेका महिलाले जनाईन्। शुक्रबार नै सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि    लगिएको र पाँच दिनको म्याद लिएर थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले पुष्टि गरेका छन् । पीडित महिलाको शुक्रबार नै इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button