Home / आर्थिक / महानगरपालिकाको नौलो कार्यक्रम आर्थिक बर्ष ०७६/०७७ लाई कृषि प्रबिधी अभियान बर्ष घोषणा।।

महानगरपालिकाको नौलो कार्यक्रम आर्थिक बर्ष ०७६/०७७ लाई कृषि प्रबिधी अभियान बर्ष घोषणा।।

पोखरा,असार १६।

पोखरा महानगरपालिका २१ ले आर्थिक बर्ष ०७६/०७७ लाई कृषि प्रबिधी अभियान बर्ष घोषणा गरेको छ।

 

पोखरा महानगरपालिका २१ ले आर्थिक बर्ष ०७६/०७७ लाई कृषि प्रबिधी अभियान बर्ष घोषणा गरि यो बर्ष २१ लाई नमुना वडा भनाउने वडा अध्यक्ष खगराज आचार्यले जनकारी गराए। कृषि मा जोड दिएको र नमुना कर्यक्रम भएको हुँदा अरु वाड ले पनि कार्यक्रम गर्दै रहेको उनको भनाई थियो।

वडा कृषि सन्जालको कार्यलय ब्यबस्थापनको लागि १ लाख ५० हजार छुटिएको छ।वडामा रहेका ३७ टोलमा ४० जना को कृषक समूह बनाएर ३ महिले कृषि तालिम दिइने छ ।

यस बर्षमा १४८० कृषकहरुलाई तीन महिने तालिममा सहभागी गराएर कृषि सम्बन्धी सीप र प्रबिशि सिक्ने व्यवस्था गरिने भएको छ।किसानले आधुनिक तरिकाले खेति गर्ने र जोतनको लागि किसानले चाहेमा हाते ट्यकटर, किसानको ५० प्रतिशत र अनुदानको ५० प्रतिशत गरेर हाते ट्याकटर बितरण गरिने भएको छ।

About janmabhumi