बिहिबार, जेष्ठ १५, २०७७
काेराेना भाइरस - COVID - 19

३५६१२४

५७१६५७०

२३६७२९२
मृत्यु
संक्रमित
१०४२
निको भएका
१८७





Last Update : १५ जेष्ठ २०७७, बिहीबार

मलेसिया आमनिर्वाचन:६दशकको`नजीब-राज´ढल्दै ९२ वर्षकामहाथिर सत्तामा।

मलेशिया,२७ बैशाख ।

मलेशियामा ६ दशकदेखि निरन्तर सत्तामा रहेकाे दललार्इ पराजित गर्दै डा. महाथिर मोहमद सत्तामा अाएका छन् ।

बुधबार भएकाे चुनावले पूर्व प्रधानमन्त्री समेत रहेका ९२ वर्षका डाक्टर महाथिरलार्इ सत्तामा पुनरागमन गराएकाे हाे।सन् १९५७ देखि निरन्तर सत्तामा रहेको पार्टी संयुक्त मलेशिया राष्ट्रीय संगठन (यूएमएनओ) लाई आम चुनावमा हराउँदै विपक्षी गठबन्धनका नेता महाथिरले सानदार राजनीतिक पुनरागमन गरेका हुन् । कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नेशनल पार्टी र आँफैले हुर्काएका नेता नजीब रजाकलाई चुनौती दिन उनले राजनीतिबाट अवकाश लिने अाफ्नै निर्णय फिर्ता लिएका थिए।

निवर्तमान प्रधानमन्त्री नजीब रजाक र उनकाे कार्यकाललाई लामो समयदेखि भ्रष्टाचारकाे मूल कारकका रूपमा आरोप लगाइँदै अाएकाे थियाे । भ्रष्टाचारकाे अाराेपले नजीब छायाँमा परेपछि त्यसकाे फाइदा महाथिरलार्इ भएकाे छ । नजीबकाे शासनकालमा मलेशियाली नागरिकहरूले बढ्दो जीविकोर्पजन खर्च व्यहोर्नुका साथै जातीय तनावहरू पनि खेपेकाे बताइन्छ । यद्यपि आफ्नो ऐतिहासिक पराजयबारे उनले सार्वजनिक रुपमा प्रतिक्रिया दिइसेकेका छैनन्।

नवनिर्वाचित प्रधानमन्त्री डाक्टर माहथिरले बिहीबार (अाज) सपथग्रहण गर्ने अपेक्षा गरिएको जनाइएकाे छ । उनलार्इ विश्वकै वृद्ध निर्वाचित प्रधानमन्त्रीका रूपमा समेत हेरिएकाे छ । कतिपय विश्लेषकहरूले भने पछिल्लो चुनावी परिणामलाई ‘नाटकीय’ समेत भनेका छन्। सरकार गठनका लागि ११२ सिट आवश्यक रहेकाेमा महाथिर नेतृत्वको विपक्षी दलले ११५ सिट जितेको हाे।