बिहिबार, जेष्ठ १५, २०७७
काेराेना भाइरस - COVID - 19

३५६१२४

५७१६२७१

२३६७१०७
मृत्यु
संक्रमित
१०४२
निको भएका
१८७





Last Update : १५ जेष्ठ २०७७, बिहीबार

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई देशबाहिर जान प्रतिबन्ध।

मलेशिया ३०बैशख ।

भष्ट्राचारको आरोप खेपिरहेका मलेसियाका पूर्वप्रधानमन्त्री नाजीव रजाकलाई सरकारले देशबाहिर जान प्रतिबन्ध लगाएको छ । सरकारी कोषको रकम दुरुपयोग गरेको आरोप लागेका रजाक पारिवारिक भ्रमणमा देशबाहिर जाने योजनामा रहेका बेला सरकारले देश बाहिर जान प्रतिबन्ध लगाएको त्यहाँको अध्यागमन विभागका अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

आर्थिक समृद्धिका लागि क्वालालम्पुरलाई फाईनान्सियल हव बनाउने योजनाअनुरुप सरकारी कोषमा जम्मा भएको ७० करोड डलर रकम हिनामिना गरेको आरोप रजाकमाथि छ । रजाकले भने आरोपको खण्डन गर्दै आउनुभएको छ । लामो समयदेखि सत्तामा रहँदै आएको रजाक नेतृत्वको पार्टीले यही साता सम्पन्न निर्वाचनमा अप्रत्याशित हार बेहोरेको थियो । निर्वाचनमा ९२ बर्षीय महाथीर मोहमद विजयी भएक थिए।