जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मंगलबार ४५७४ मा पिसिआर परीक्षण गर्दा ३०३ लाई कोरोना,६ जनाको मृत्यु

थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४५७४ मा पिसिआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २८५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको छ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९२ पुगेको छ।