जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मंगलबार थप १७९० जनालाई कोरोना, २४ को मृत्यु

जन्मभुमि खबर, नेपालमा थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ९० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन्। साथै २ हजार ७ सय  ९१ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा २ लाख २४ हजार ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ४ हजार ८ सय  ५८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन्।