जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भ्रष्ट्राचार विरुद्धको महाअभियान “जागौं नेपालले” पोखरा महानगर पालिका भित्रको पार्किङ व्यवस्थापन शुल्क कार्यमा ठेक्का प्रकृया नै गलत भएको ठहर गदै ध्यानाकर्षण पत्र बुझायो

जन्मभुमि खबर ,पोखरा । भ्रष्ट्राचार विरुद्धको महाअभियान जागौं नेपालले पोखरा महानगर पालिकाको बदमासी विरुद्ध खबरदारी गरेको छ ।

महानगरले पालिका भित्रको पार्किङ व्यवस्थापन शुल्क कार्यमा ठेक्का दिएको प्रकृया नै गलत भएको ठहर गदै जागौं नेपाल राष्ट्रिय अभियान कास्कीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार महानगरको मेयर मानबहादुर जिसीलाई भेटेर जागौं नेपालले ज्ञापन पत्र बुझाएको छ ।
पोखरा महानगरले महानगर क्षेत्र भित्र यातायातका सवारी साधन पार्किङ गर्ने सन्दर्भमा ठेक्का प्रकृयाबाट स्थानीय सरकारको कोषमा जम्मा गर्नेगरी पार्किङ शुल्क उठाउन ठेक्का नियुुक्ति गरि २०७७ मंसिर २८ बाट लागू गराई संचालन भएको छ । कोरोका भाइरसको महामारीले विक्षिप्त बन्दै गएको असहज परिस्थीतिमा पोखरा बासी नागरिकको मर्म र भावनालाई वेवास्था गरि पार्किङ शुल्क समेत मनामानी ढँङ्गबाट ठेक्का लिन सक्ने गरि गरेको निणर्य व्यावहारीक देखिदैन् । जागौं नेपाल कास्कीका संयोजक नारायणहरि तिवारीद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा लेखिएको छ ।

विकास र समृृद्धिलाई वेवास्था गरी पौराणिक पद्धति र व्यावस्थालाई पछ्याउनले त्यसको कुनै महत्व नभएको भन्दै हचुवाको भरमा गरिएको अबैज्ञानिक, अव्यावहारीक ठेक्का प्रकृयालाई खारेज गर्न महानगरको ध्यानाकर्षन गराएको जागौं नेपालका कास्की संयोजक नारायणहरि तिवारीले जानकारी दिए ।

३० करोड पर्ने ठेक्का ३ करोडमा ठेक्का दिएर नीतिगत भ्रष्ट्राचार गरेको आरोप लगाउदै जागौ नेपालका संयोजक दीपक अर्चायले निणर्य फिर्ता नलिए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने चेतवानी दिए । मेयरले ज्ञापनपत्र बुझ्दै मेयर मानबहादुर जिसीले संक्षिप्त प्रतिक्रया दिदैँ ज्ञापनपत्रबारे आफ्नो ध्यानाकर्षण भएको बताए । ?