जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भोलिका लागि सर्‍यो प्रतिनिधि सभा विघटन मुद्दा

सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस भोलिका लागि सरेको छ। भोलि फेरि सुनुवाइ हुने गरी उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका थिए।

यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।

एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए।