जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतीय पत्रकार गोस्वामीलाई तलोबा जेल लगियो

एजेन्सी । इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न उक्साएको आरोप झेलिरहेका रिपब्लिक टिभीको एडिटर प्रमुख सम्पादक अर्नव गोस्वामीलाई आइतबार भारतको तलोबा जेल पठाइएको छ ।

लाइभ हिन्दुस्थान डटकमका अनुसार गोस्वामीलाई यस अगाडि अलिबागमा रहेको क्वारेन्टिनमा राखिएको थियो । तलोबा जेलका एसपी कौस्तुभ कुरलेकरले गोस्वामीलाई तलोबा जेलमा बनाइएको क्वारेन्टिनमा राखिने बताएका छन् । लाइभ हिन्दुस्थानका अनुसार एसपी कुरलेकरले भनेका छन् ब्यारेकमा सार्नुभन्दा अगाडि उनलाई केही दिन जेलभित्र रहेको क्वारेन्टिन सेन्टरमा राखिनेछ ।’

गोस्वामीलाई ४ नोभेम्बरमा प्रहरीले अन्य २ जना आरोपी फिरोज शेख तथा नितेश सारदासंगै गिरफ्तार गरेको थियो । यो मामला सन् २०१८ को हो, जब १ जना इन्टेरियर डिजाइनरले पक्राउ परेका ३ जनाविरुद्ध पैसा फिर्ता नदिएको आरोप लगाउँदै आत्महत्या गरेकी थिइन् । अर्नव गोस्वामीका लागि रिपब्लिक टिभीको स्टडियो निर्माण गरिदिएको तर उनले लाखौं रुपैयाँ फिर्ता नदिएको ती डिजाइनरले आरोप लगाएकी थिइन् ।

पक्राउ पश्चात गोस्वामीले सोही दिन मजिस्ट्रेट कोर्ट सामू पेश गरिएको थियो । सोही दिन उनलाई १४ दिन १८ नोभेम्बरसम्मका हिरासतमा राख्न अनुमति दिएको थियो । उनलाई सुरुमा अलिबाग प्राइमेरी स्कुलमा सारिएको थियो । उनलाई उक्त स्कलमा सार्दा गेटमा कयौं पुलिस तैनाथ गरिएको थियो । लाइभ हिन्दुस्थानका अनुसार ४ दिनसम्म उक्त स्कुलमा बसेपछि गोस्वामीलाई प्रशासनले तलोबा जेल पठाउने फैसला लिएको हो ।

कडा सुरक्षा व्यवस्थाका बीच तलोबा जेल पु¥याइए

गोस्वामीलाई आज बिहान पुलिस भ्यानमार्फत् तलोबा जेल लैजाँदा पुलिसले सुरक्षा व्यवस्था कडा पारेको थियो । पुलिसका १ जना सिनियर अफिसरले भारतीय समयअनुसार बिहानको १० बजे उनलाई तलोबा जेल लगिएको लाइभ हिन्दुस्थानले जनाएको छ ।