जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतले १० लाख डोज खोप नेपाललाई उपलब्ध गराउने, प्रथम खोप भोलि आउने

भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमास्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिनुभयो । बुधबार मन्त्रालयमा भारतीय राजदुत विनय मोहन वाक्त्राको उपस्थितीमा संयुक्त पत्रकार सम्मेलनको मन्त्री त्रिपाठीले नेपाल सरकारलाई भारत सरकारले १० लाख डोज खोप दिने जानकारी दिनुभयो ।

अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।