जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बैक अफ काठमाडौ र हिमालयन बैंकले चीनमा जिते मुद्दा, फसेको झण्डै डेढ अर्ब फिर्ता पाउने

बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका छन्। दुवै बैंकको रकम चाइना कन्स्ट्रक्सन बैंकले फिर्ता गर्नुपर्नेगरी हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश दिएको हो।

बैंकका पक्षमा फैसला आएसँगै रकम फिर्ता पठाउनका लागि आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरिने बैंक अफ काठमाण्डुका सिइओ शोभनदेव पन्तले जानकारी दिए।

‘आजै हामीले अदालतको फैसला पायौं, नेपाली दुवै बैंकको पक्षमा फैसला आएको छ, पैसा फिर्ताका लागि हामीले आजै पत्राचार गर्नेछौँ’ पन्तले भने।