जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बैंक किस्ता तिर्ने समय सार्न गण्डकी ट्याक्सीको माग

कमल पौडेल अथक
पोखरा २९, साउन

गण्डकी ट्याक्सी व्यवसाय पव्लिक लिमिटेड पोखराले ६ महिनासम्मको बीमा रकम र बैंकको किस्ता तिर्न नसक्ने वताएको छ । कप्पनीले आइतवार एक विज्ञप्ति जारी गरी सो कुरा वताएको हो । साथै कम्पनीले बैंकको किस्ता तथा वीमा शुल्क तिर्ने समय लकडाउन खुलेको मितिले ६ महिना सार्न संवन्धित निकाय सँग माग गरेको छ ।


विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण सँगै व्यवसायीले आप्ना साधन ग्यारेजमा थन्क्याएको झण्डै चारमहिना हुन लागेको अवस्थामा वैंक तथा बीमा कम्पनी मार्फत किस्ता वुझाउन बारम्वार फोन आएपछि व्यवसायीहरु समस्यामा परेको कम्पनीले जनाएको छ ।
पछिल्लो समयमा जोर विजोर नम्वर अनुसार चलेका निजी यातायातका साधनले भाडाका यातायातका साधनले भाडाका सवारी साधनले झैं शुल्क लिएर यात्रु ओसारेको प्रति कम्पनीले खेद व्यक्त गरेको छ । साथै त्यस्ता यातायातका साधन र संवन्धित चालकलाई कारवाहीको माग समेत गरेको छ । अहिले केही व्यवसायीका वारेमा वाहिर अनर्गल प्रचारबाजी भएको भन्दै समितिले कम्पनीमा आवद्ध व्यवसायीलाई त्यस्ता भ्रमपूर्ण हल्लाको पछाडि नलाग्न समेत आग्रह गरेको कम्पनीका सदस्य सचिव अर्जुन पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।