Home / आर्थिक / बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने

बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने

बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने भएको छ । व्यवसायीले कर्जाको ब्याजदर उच्च हुँदा व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेका थिए । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकको सहजीकरणमा बैंकर र व्यवसायीले समस्याको समाधान खोज्नुपर्ने भन्दै प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले निजी क्षेत्रको सुझाबअनुसार उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याजदर घटाउन शनिबार अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री खतिवडाले सोमबार उद्योगी व्यवसायी, बैंकर, राष्ट्र बैंक र बिमा समितिका प्रतिनिधिलाई बोलाएर छलफल गरेका हुन् । छलफलका क्रममा अर्थमन्त्री खतिवडाले बैंकको ब्याजदर निर्धारणमा सरकारले प्रत्यक्ष हस्तक्षेप नगर्ने बताएको छलफलमा सहभागी एक उद्योगीले बताए ।

About janmabhumi