जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बुधबार थपिए एक हजार ९ सय ४८ जना कोरोना सक्रमीत २८ जनाको मृत्यु

जन्मभुमि खबर । नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार १ सय ४० जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा २ लाख २६ हजार २६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७ हजार ९ सय  ९८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन्।