जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिहीबार पोखराका २८ सहित गण्डकीमा थप ४७ जनामा संक्रमण, १ को मृत्यु पुष्टि, ७३ संक्रमणमुक्त

जन्मभुमि खबर,पोखरा । बिहीबार पोखराका २८ सहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ६ वटा जिल्लाका ४७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै २८ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, लमजुङका ८ जना, तनहुँ, म्याग्दी र बाग्लुङका ३/३ जना तथा पर्वत २ जनामा पनि कोरोना देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.२ का ३७ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.४ का ५ वर्षीय बालक सहित ४०, ४१, ४८ र ८३ वर्षीय पुरुष तथा ७२, ७७ र ८० वर्षीया महिला, वडा नं.६ का ३५ र २५ वर्षीया महिला, वडा नं.८ का १३ वर्षीय बालक तथा २० वर्षीया महिला, वडा नं.१० का ९० र ३५ वर्षीया महिला, वडा नं.११ का २४ वर्षीय पुरुष, वडा नं.१२ का ४२ र ३७ वर्षीय पुरुष, वडा नं.१५ का ६९ वर्षीय पुरुष, वडा नं.१७ का ४२ र २१ वर्षीय पुरुष, वडा नं.२६ की ११ वर्षीया महिला, वडा नं.२७ का १९ र २५ वर्षीय पुरुष तथा २२ वर्षीया महिला, वडा नं.२९ का ३३ वर्षीय पुरुष र वडा नं.३१ की २१ वर्षीया महिलामा कोरोना देखिएको छ ।

लमजुङको दोर्दी वडा नं.२ का १४ वर्षीय बालक सहित ४२ वर्षीय पुरुय तथा ३९ वर्षीया महिला, बेशीसहर वडा नं.८ का ५६ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, वडा नं.९ की २७ वर्षीया महिला, मस्र्याङ्दी वडा नं.७ का ५२ वर्षीय पुरुष तथा ३१ वर्षीया महिला, तनहुँको रिसिङ वडा नं.४ का ५२ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं.५ का ७ वर्षीय बालक तथा २० वर्षीया महिला, म्याग्दीको बेनी वडा नं.३ का ४३ वर्षीय पुरुष, वडा नं.७ की ५७ वर्षीया महिला, वडा नं.८ का ५८ वर्षीय पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.१ का ३९ वर्षीय पुरुष, वडा नं.२ का ६ वर्षीय बालक, वडा नं.१२ का ४४ वर्षीय पुरुष एवं पर्वतको पैंयु वडा नं.१ का ६२ वर्षीय पुरुष र वडा नं.३ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८८ पुगेको छ ।

यसैगरी, गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ का ७३ वर्षीय संक्रमित पुरुषको मध्यविन्दु अस्पतालमा उपचारका क्रममा बुधबार दिउँसो ४ः१० बजे मृत्यु भएको हो ।

ती पुरुषमा पुस २६ गते कोरोना पुष्टि भएको थियो ।

योसँगै गण्डकीमा कोरोनाले मृत्यु हुनेको संख्या १९७ पुगेको छ ।

गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार २९२ पुगेको छ । गत २४ घण्टामा मात्रै ७३ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

हाल प्रदेशमा ५९९ जना सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा १३३ परिक्षण भएको छ भने हालसम्म १ लाख २३ हजार ७३४ परिक्षण भएको छ ।